‘संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ’


काठमाडौं – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिँदै पौडेलले यस्तो बताएका हुन्।

पौडेलले प्रतिनिधि सभा पुनर्स्थापनामा जोड दिँदै यसपछि मात्र निर्वाचनमा जानु उपयुक्त हुने मत पेश गर्दै आएका छन् । ‘लोकतन्त्रको चीर हरण हुँदा काँग्रेस चुप लागेर बस्ने कुरा हुँदैन। त्यसैले, संविधान जोगाएर मात्र निर्वाचनमा जानु पर्छ।’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘७० वर्ष लगाएर बनाएको संविधानमा व्यापक छलफलबाट राखिएको व्यवस्था तीन वर्षमै उल्लंघन गर्न थाल्यौं भने यो संविधान पनि औचित्यहीन बन्‍न सक्छ ।’

उनले संविधान र लोकतन्त्रलाई औचित्यहीन बन्ने बाटो कांग्रेले रोक्नुपर्ने बताए । उनले जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्नै नमिल्नेसमेत बताएका छन्। काँग्रेसको संस्थापन पक्ष चुनाव वा प्रतिनिधि सभा दुबै स्विकार्न तयार रहेको बेला पौडेल पक्ष भने पहिले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने पक्षमा छन्।

प्रतिक्रिया