लोसपालाई पनि सत्ता गठबन्धनमा समेट्नेबारे छलफल, सरकारमा पनि सहभागी होला?


काठमाडौं- एमालेविरुद्धको गठबन्धनलाई अझ फराकिलो बनाउने क्रममा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समेत सरकारमा सामेल गर्नेबारे छलफल भएको छ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा लोसपालाई सरकारमा सहभागी गराउने र चुनावी गठबन्धनमा लोसपा पनि सातौँ दलका रूपमा सहभागी हुनेबारे सकारात्मक कुराकानी भएको नेता राजेन्द्र महतोले बताए ।

लोसपाको समेत मागबमोजिम नागरिकता विधेयक पारित भएको र मधेस आन्दोलनका कैदी रिहा गर्ने बारेमा पनि प्रधानमन्त्री सकारात्मक रहेको महतोले बताए । उनले लोसपा गठबन्धन सरकारमा सामेल हुने सम्भावना रहेको बताएका छन् ।

आइतबार साँझको भेटमा लोसपा अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, सरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण सहभागी थिए । भेटमा सरकारका प्रवक्ता तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पनि थिए ।

 

प्रतिक्रिया