

वडाध्यक्षले सेवाग्राही र कर्मचारीलाई भित्र थुनेर मुल गेटमा ताला लगाएपछि…

बारा – जीतपुर सिमरा उपमहानगरपालिकाका एमाले वडाध्यक्षले सेवाग्राही र कर्मचारीलाई कार्यालयमा थुनेर मुल गेटमा ताला लगाइदिएको आरोप लागेको छ ।
उपमहानगरको वडा नं ७ का अध्यक्ष सुनिल गुप्ताले बुधवार कार्यालय समयमा सेवाग्राही र कर्मचारीलाई भित्र थुनेर उपमहानगरको मुल गेटमा ताला लगाएको नगरप्रमुख राजन पौडेलले बताए ।
कार्यालयमा प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत नभेटिएको भन्दै वडाध्यक्ष गुप्ताले कर्मचारी र सेवाग्राहीलाई भित्र थुनेर मुल गेटमा ताला लगाएका थिए ।
वडाध्यक्ष गुप्ता यसअघि पनि उपमहानगरको मुल गेटमा फोहर ल्याएर थुपार्ने कार्यमा संलग्न हुनुका साथै कार्यपालिका बैठकमा अशोभनीय ढंगले प्रस्तुत हुने गरेको नगरप्रमुख पौडेलले जनाएका छन् । यस विषयमा अध्यक्ष सुनिल गुप्ताले कार्यालयमा कर्मचारी र हाकिम नभएकोले तालाबन्दी गर्नुपरेको बताए

