बिग्रँदो अर्थतन्त्रप्रति राष्ट्रपतिकाे चिन्ता, अर्थव्यवस्थामा राष्ट्रिय सहमतिका लागि जाेड


काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले बिग्रँदो अर्थतन्त्रप्रति चिन्ता व्यक्त गरेकी छिन् । खोक्रो अर्थतन्त्रले बलियो प्रजातन्त्र नहुनेभन्दै उनले समाजवादउन्मुख अर्थव्यवस्थामा राष्ट्रिय सहमतिको खाँचो औल्याएकी छिन् ।

‘अति भो, हेर्नुस् त १७ खर्बको व्यापारघाटा,’ मंगलबार सञ्चारमाध्यमहरूका सम्पादकहरूसँग छलफल गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘व्यापारघाटाले अर्थतन्त्र टाउकाले टेकेर हिँड्न थाल्यो । छिट्टै आफ्नै खुट्टाले टेकेर हिँड्ने बनाउनुपर्छ ।’

आम नागरिकको उच्च मनोबल, स्वाभिमान, राष्ट्रिय सुरक्षा र परराष्ट्र नीति ठीक गर्न पनि अर्थतन्त्रले आफ्नै खुट्टामा टेक्नुपर्ने उनले बताइन् । प्रजातन्त्र बलियो बनाउन पनि अर्थतन्त्र बलियो हुनुपर्ने राष्ट्रपतिको धारणा छ । ‘खोक्रो अर्थतन्त्रले बलियो प्रजातन्त्र हुँदैन,’ उनले भनिन् ।

अर्थतन्त्रमा हाल देखिएका चुनौतीलाई कम गर्न तत्काल गर्नुपर्नेभन्दै राष्ट्रपतिले दुई उपाय सुझाएकी छिन् । मुलुकले कष्टपूर्वक सञ्चित गरेको विदेशी मुद्राको ठूलो अंश पेट्रोलियम पदार्थको आयातमा खर्च भइरहेकोप्रति पनि राष्ट्रपतिले चासो देखाएकी छिन् ।

प्रतिक्रिया