प्रधानमन्त्रीपत्नी डा. आरजुको नयाँ दिल्लीमा शल्यक्रिया सफल


काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवाको भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

१० दिनअघि नै नयाँ दिल्ली गएकी नेतृ डा. राणाको अन्कोगाईनोकोलोजिष्ट प्रोफेसर डा. हरित चतुर्वेदी र डा.कनिका बत्रा मोदीसहितको चिकित्सकको टोलीले शल्यक्रिया गरेको थियो ।

नेतृ डा.राणासँगै रहेका प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का राज्यमन्त्री उमेश श्रेष्ठले डा. राणाको सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको बताएका छन् ।

प्रतिक्रिया