प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी, अधिकांश पदमा उनकै प्यानलको बाहुल्यता


काठमाडौं – नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल विजयी भएका छन् । नेपाली कांग्रेस निकट पत्रकार संगठनको अध्यक्षमा शेखर-गगन समूहका लम्साल विजयी भएका हुन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा उनकाे प्यानलकै बाहुल्यता छ ।

८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गरेका छन् । मतगणना सकिए पनि आधिकारिकरुपमा मतपरिणाम घोषणा भइसकेको छैन । तर लम्सालले बिजयोत्सव मनाइरहेका छन् ।

युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् ।

खुला उपाध्यक्षमा लम्साल प्यानलबाट उम्मेदवार बनेका नकुल अर्याल निर्वाचित भएका छन् । खुला उपाध्यक्षमै अर्को एक कोटामा संस्थापन पक्षका भिष्मराज ओझा बिजयी भएका छन् भने कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल बिजयी भएका छन् ।

प्रतिक्रिया