सगरमाथा आधार शिविर अध्ययन गर्न समिति गठन गरिने
काठमाडौं – सरकारले सगरमाथा आधार शिविरबारे अध्ययन गर्न समिति गठन गर्ने भएको छ ।
पर्यटन मन्त्रालयले आइतबार सार्वजनिक गरेको पर्यटन पुनरुत्थान कार्यक्रममा शिविरको अध्ययन गरिने घोषणा गरिएको हो ।
सगरमाथा आधार शिविरको ऐतिहासिकता, वर्तमान अवस्था र भविश्यको जोखिममा सम्बन्धमा अध्य्यन गर्न सगरमाथा आधार शिविर अध्ययन समिति गठन गरी त्यसैको सुझावका आधारमा आधार शिविरको वैज्ञानिक व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ ।