

अहिलेका युवापुस्ताका पाइला कता ?

समयसँगै परिवर्तन यो समयमा परिवर्तन हुनु जरुरी छ, नयाँ ज्ञान नयाँ प्राविधिक युगमा हामिले पाइला चालेका छौं, नयाँ टेक्नोलोजीसँगै राम्रो-नराम्रो प्रभाव परिरहेछ हाम्रो जीवनमा, तर हाम्रो नयाँपुस्ता भोलिको कर्णधारहरु कता जाँदैछन् … !!!
समयको महत्व नबुझ्नु, आफ्नो दायित्वबाट पन्छिनु, धैर्यता सहनशीलतामा कमि हरेक कुरा छिटो चाहनु हतार गर्नु, क्षणिक खुशीको पछि भाग्नु, पारिवारिक माहौलमा घुलमिल नहुनु, बाहिरी वातावरणमा रमाउनु अहिलेको युवापुस्ताको पहिलो कमि-कमजोरी बन्न गएको छ । मेहनत गर्नबाट पछि हट्नु, भोक लाग्दा पकाएर खानुभन्दा पनि होटल रेस्टुरेन्ट जानू वा काँचो चाउचाउ नै यत्तिकै खानु यो युवापुस्ताको एउटा बानी नै परिसकेको छ ।
रहन-सहनप्रति ध्यान नदिनु, बिहान ढिलो उठ्नु, राती अबेरसम्म कामले वा यत्तिकै पनि ईन्टरनेटको दुनियाँमा रमाउनु गेम खेलेर यत्तिकै समय बिताउनु एउटा् चलन नै भएछ । PubG, Freefire जस्ता गेमहरुले अहिलेको बच्चा युवापुस्तालाई आकर्षित गरिरहेको छ । साथै मानसिक स्थिति बिगारिरहेको छ । यस्ता गेमहरुले गर्दा आक्रमण स्वभावको हुँदै गैरहेका छन् । अनेकौं घटनासम्म सुन्न आउँछ आफ्नै छोराले आमाको ज्यान लियो यस्ता बिभिन्न घटनाले एउटा् नराम्रो तरंग फैलिरहेकोछ ।
एकोहोरो हुनु पारिवारिक जमघटमा बस्न नरुचाउनु, चिडचिडे हुनु केहि कुरामा पनि इरिटेट भैहाल्नु एककिसिमको नराम्रो असर परिरहेको छ । यस्तो प्रकारको खेलहरुले गर्दा अहिलेको नयाँपुस्तामा, अन्धकारतिर धकेलिरहेछ यो पुस्ता ।
कतिपय ठाउँमा अभिभावकको दायित्वमा कमिले गर्दा पनि नयाँ पुस्ता अलमलिइरहेछ । समयको अभाव आफुभन्दा टाढा राख्नु बच्चाहरुलाइ संसार संस्कृतिको विषयमा जानकारी नदिनु आफ्नोपनको आभास नगराउनु, अभिभावकबाट पाउने मायामा कमिको कारण पनि कति एक्लोपनको शिकार भएर दूर्व्यसनी लागूऔषधको लतमा लागेर आफ्नो भबिश्य अन्धकार बनाइरहेका छन् ।
एकोहोरो हुनु पारिवारिक जमघटमा बस्न नरुचाउनु, चिडचिडे हुनु केहि कुरामा पनि इरिटेट भैहाल्नु एककिसिमको नराम्रो असर परिरहेको छ । यस्तो प्रकारको खेलहरुले गर्दा अहिलेको नयाँपुस्तामा, अन्धकारतिर धकेलिरहेछ यो पुस्ता ।
यस्तोमा अभिभावकले पूर्णभूमिका निभाउनु जरुरी छ । उमेर अनुसार बच्चाहरुका साथीसम्म बन्नुपर्ने हुन्छ । उनीहरुको मनसाय बुझ्नु हरेक गतिविधिको जानकारी लिनु मानसिकस्थिति खलबलाउने खेलहरुदेखी टाढा राख्नु जतिसक्दो समयदिनु, पारिवारिक जमघटमा समाबेश गर्नु उनीहरुको साथी संगतको विषयमा पूर्ण जानकारी राख्नु अभिभावकको पूर्णदायित्व हुन जान्छ ।
हरेककुरामा हतार गर्ने बानी यो पुस्तामा पर्न जान्छ, सवारीसाधनसम्म चलाउँदा हतारिएर तेज गतिका साथ चलाउने सबैभन्दा पहिले म नै पुगुँ भन्ने सोचले गर्दा धेरै सडक दुर्घटना हुने गर्छ । संयतामा अतिनै कमि छ नयाँपुस्तामा ।
खानपिनमा ध्यान नपुर्याउँदा छिटो नै अनेकौं रोगको शिकार भैरहेका छन्, कहिले चाहिनेभन्दा बढि खानु, कहिले घन्टौंसम्म भोकभोकै बस्ने गर्दा ग्यास्ट्रिकको शिकार भैरहेका छन् ।
यस्तै देशको बदलिँदो स्थिति महंगीको प्रभावबाट बन्चित छैनन् नयाँ पुस्ता । देशको स्थितिले गर्दा राष्ट्रप्रतिको माया छैन । देशको बिँग्रिदोस्थिति आफूले सोचेको जस्तो जागिर नपाउनु, उद्योग व्यापार ओरालो लाग्नु यस्ता अनेकौं कारणले देशप्रति माया नहुनु र बिदेशतिर आकर्षित छन् युवापुस्ताहरु, केहि युवापुस्ता रहरले बिदेश पलायन भएका छन् भने कति बाध्यता बस रोजिरोटी गुजारा गर्नसम्म खाडी मुलुकमा जान बाध्य छन् ।
के छ हाम्रो देशमा ? के गर्ने यहाँ बसेर केही सुबिधा छैन यस्तो देशमा के बस्नु भन्ने सोच भएको छ । अहिलेको पुस्ताको सरकारको प्रमुख दायित्व हुन्छ युवापुस्तालाइ देशमै रोक्नसक्ने वातावरण सृजना गर्ने ब्यापारिक माहौलमा सुधार साथै उनीहरुको दक्षता अनुसारको जागीर । यदि युवापुस्तालाई रोक्न सकेनौं भने केहि समयमा नै देश युवाबिहिन हुन समय लाग्दैन । सरकारको ध्यान यसतर्फ जान अति आवश्यक छ छिटो नै युवालाइ देशमा रोक्न सक्ने वातावरण सृजना होस् !

