प्रहरी नायव उपरीक्षक कुँवर ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित


झापा – इलाका प्रहरी कार्यालय अनारमनी झापाका प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवर ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा भएका छन् । कुँवरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको हो ।

कुँवरले झापा अर्जुनधारा नगरपालिका-४ जुकेखाडी अज्ञात व्यक्तिले हत्या गरी फालेको पुरुषको शवको पहिचान खुलाउनुका साथै घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएका थिए ।

लागुऔषध, चोरीलगायतका घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी नागरिकहरूमा सुरक्षाको अनुभूति गराएकाले प्रहरी नायव उपरीक्षक कुँवरलाई २०७९ साल असार ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको १ नम्बर प्रदेश प्रहरीले जनाएको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयले प्रदेशका प्रहरीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको विवरणसहितको फ्लेक्स प्रिण्ट प्रदेश प्रहरी कार्यालय तथा ‘क’ स्तरका प्रहरी कार्यालयहरूमा १ महिनासम्म राखिँदै आइएको छ ।

प्रतिक्रिया