सशस्त्र प्रहरीको सि.संं. ८ स्नाइपर तालिम सम्पन्न


काठमाडाैं – सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेडक्वार्टर (विशेष कार्यदल) बंगलामुखी काठमाडाैंमा सञ्चालित सि.सं. ८ स्नाइपर तालिम सम्पन्न भएको छ । उक्त तालिमको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विनोदराज श्रेष्ठले बुधवार समापन गरेका छन् ।

सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले तालिममा सर्वोत्कृष्ट सशस्त्र प्रहरी जवान नविन आले र चाँदमारीतर्फ प्रथम भएका सशस्त्र प्रहरी जवान सरोजकुमार रामलाई पुरस्कार प्रदान गरेका थिए ।

तालिम समापन समारोहमा उनले यस्तो तालिमले फौजमा निखारपन ल्याई शारीरिक र मानसिक रुपमा चुस्त र दुरुस्त राख्ने बताए । उनले तालिममा सिकेका ज्ञान, सीपलाई कार्यक्षेत्रमा पूर्ण व्यवसायिक भई कार्यसम्पादनको क्रममा उपयोग गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गरे ।

त्यस अवसरमा सशस्त्र प्रहरी निरीक्षक विजयकुमार डाँगीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पाँच हप्ता अवधिको उक्त तालिममा १ जना महिलासहित कूल ३६ जना सशस्त्र प्रहरी कर्मचारीहरू सहभागी भएका थिए । कार्यक्रममा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्त, सिनियर तथा जुनियर अधिकृतलगायत सशस्त्र प्रहरी विल्लादार तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया