आज पनि कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै


काठमाडौं- गत सोमबारदेखि सुरु भएको कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। आज ३ बजे सानेपास्थित पार्टी कार्यालयमा बैठक बस्ने भएको हो।

हिजो बसेको पदाधिकारी बैठकले आज बस्ने केन्द्रीय समिति बैठकमा निर्णय सुनाउने तथा आवश्यक निर्णयका बारेमा गृहकार्य पूरा गरेको बताइएको छ। जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यदेखि पदाधिकारी सम्म सबैले आफ्नो कुरा राखेका थिए। आज बस्ने बैठकमा निर्णय सुनाउने तयारी छ।

प्रतिक्रिया