प्रचण्डले आज भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्दै


काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा छन्। उनले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्दैछन्।  मोदीसँगको भेटपछि उनी आइतबार नै स्वदेश फर्कने कार्यक्रम छ।

भारतीय सत्तारुढ पार्टी भाजपाका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा प्रचण्ड शुक्रबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका थिए।

उनले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए। त्यस्तै, भारतस्थित आफ्नो पार्टीका नेता कार्यकर्तासँग पनि भेट गरेका थिए। प्रधानमन्त्रीपत्नि आरजू राणा देउवासँग पनि प्रचण्डले भेटवार्ता गरेका थिए।

प्रतिक्रिया