

बैकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं – बैंकिङ कसुर मुद्दामा फरार रहेका अमित शम्शेर जबरालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-४ विशालनगर बस्ने ४० वर्षीय जबरा रहेका छन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीको टोलीले शुक्रबार काठमाडौंको टुडालदेवीबाट पक्राउ गरेको हो। जबरा उच्च अदालत पाटनको २०७८ चैत २१ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद र ६६ लाख रुपियाँ जरिवाना ठहर भएर फरार रहेको प्रहरीले जनाएको छ ।
सिटिजन्स बैंक लिमिटेडमा जबराको नाममा रहेको खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारेर दिएको चेकको रकम भुक्तान हुन नसकेको भन्दै पाटन अदालतले उक्त फैसला गरेको थियो। फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा जबरालाई प्रहरीले पेश गरेको जनाएको छ।

