उपसभामुख पदमा निर्वाचित पुष्पालाई विद्याकाे बधाई


काठमाडाैं – उपसभामुख पदमा निर्वाचित नेपाली कांग्रेसकी पुष्पा भुसाललाई नेकपा एमालेकी सांसद विद्या भट्टराईले बधाई दिएकी छन् । सोही पदको दौडमा रहेकी भट्टराईले भुसाल निर्वाचित भएलगत्तै संसद भवनमै बधाई दिएकी हुन् ।

मत परिणाम सार्वजनिक भएलगत्तै बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना दिएकी हुन् । उपसभामुख पदको निर्वाचन शुक्रवार भएको थियो ।

उक्त निर्वाचनमा सत्तारुढ दलको तर्फबाट कांग्रेसकी भुसाल निर्वाचित भएकी थिइन् । उनले संसदमा १४८ मत पाएकी थिइन् । उनलाई पाँच दलीय गठबन्धनका साथै लोकतान्त्रिक समाजवादी पार्टीले पनि समर्थन गरेको थियो ।

प्रतिक्रिया