बागमती नदीमा डुबेर दुई जना बालक बेपत्ता


रौतहट – रौतहटको बागमती नदीमा डुबेर दुई जना बालक बेपत्ता भएका छन् ।

रौतहटको दुर्गा भगवती गाउँपालिका-१ स्थित बागमती नदीमा निर्माणाधिन पुल नजिक लुगा, पाठ्यपुस्तक, साइकलहरु छोडेर नुहाउन नदीमा पसेका दुई जना बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बेपत्ता भएका बालकहरुको खोजीकार्य जारी रहेको रौतहट प्रहरीले जनाएको छ । बालकहरुको नाम खुल्न बांकी रहेको प्रहरीको भनाई छ ।परीक्षा दिन निस्केका बालकहरु नुहाएर परीक्षा दिने भन्दै नदीमा पसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया