

अर्थमन्त्रीमाथि छानबिन गर्न बनाइएको समितिको बैठक बस्दै

काठमाडौं- बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि राजीनामा दिएका अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन समितिको बैठक बुधबार पनि बस्दैछ।
मंगलबार कार्यविधि पारित गरेको समितिले सभापति चयन गर्नका लागि बुधबार बैठक बोलाएको छ। बैठक बुधबार दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ।
मंगलबार समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा बैठक बसेको थियो। समितिले मंगलबार पारित गरेको
कार्यविधि अनुसार अर्थमन्त्रालयबाट कागजात मगाउने, सीसीटीभी फुटेज मगाउने, बजेट निर्माणमा संलग्नसँग सोधपुछ गर्ने र स्थलगत अनुगमन गर्नेछ।
कार्यविधिमा सीसीटीभी फुटेज हेर्ने उल्लेख गरिए पनि यसअघि अर्थ मन्त्रालयले डिलिट भइसकेको जनाएको छ। समितिले उक्त दिनको विभिन्न विवरण, सीसीटीभी रेकर्ड मगाउन मन्त्रालयलाई पत्र लेख्नेछ।

