

मोटरसाइकल दुर्घटनामा परी गोरखामा २५ वर्षीय युवाको मृत्यु

गोरखा- मंगलबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी गोरखाका एक युवकको मृत्यू भएको छ। गोरखा नगरपालिका ५ पस्लाङमा भएको बा ६५ प ५०५६ नम्बरको मोटरसाइकल दुर्घटनामा परी २५ वर्षीय स्थानीय प्रतीक थापा मगरको मृत्यू भएको प्रहरीले जनाएको छ।
साँझ साँढे आठ बजे गोरखा बजारबाट घरतर्फ जाँदै गर्दा काँडेतारबारमा अल्झेर मोटरसाइकल दुर्घटना भएको थियो। दुर्घटनामा परी घाइते भएका उनलाई अस्पताल ल्याएपछि उपचारको क्रममा मृत्यू भएको वडाअध्यक्ष खिलबहादुर रानाले जानकारी दिए।

