नागरिकता विधेयक पारित नहुँदा ११ लाख नागरिक अनागरिक


काठमाडौं- नागरिकता विधेयक पारित नहुँदा ११ लाख नागरिक अनागरिक बनेका छन्। प्रस्तावित नागरिकता विधेयक पारित हुँदा हालसम्म नागरिकतबााट वञ्चित ११ लाख जनाले नेपाली नागरिकता प्राप्त गर्ने दाबी गरिएको छ।

महिला कानुन विकास मञ्च (एफडब्लूएलडी) ले सरकारले हालै प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक जस्ताको तस्तै पारित भए ११ लाख नागरिकताविहीनले नागरिकता पाउने दाबी गरेको हो।

एफडब्लूएलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठका अनुसार एफडब्लूएलडीले प्रस्तावित नागरिकता विधेयकका प्रावधान र नागरिकताविहीनको समस्या केलाएर अध्ययन गर्दा करिब ११ लाख नागरिकताविहीनले नागरिकता प्राप्त गर्न सक्ने देखिएको बताए।

जन्मको आधारमा नागरिकता लिएकाको सन्तानमध्ये ५ लाख भन्दा बढी नागरिकता लिन योग्य रहेको तर कानुन अभावमा नागरिकता लिन नपाइरहेको तथ्यांक एफडब्लूएलडीको छ।

आमाको नामबाट नागरिकता जारी हुँदा (बाबु पहिचान नभएको) नागरिकता लिन योग्य ६ लाख ८० हजार बढीले पाउने एफडब्लूएलडीको तथ्यांक छ । यी दुबै समस्या समाधान गर्ने गरी विधेयक आएको र जस्ताको तस्तै पारित भए करिब ११ लाखले नागरिकता प्राप्त गर्न सक्ने एफडब्लूएलडीको अनुमान छ ।

प्रतिक्रिया