काँग्रेस पदाधिकारी बैठक बस्दै


काठमाडौँ- नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । सोमबार बस्ने केन्द्रीय कार्यसमितिका एजेण्डा तय गर्न पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे पदाधिकारी बैठक बस्न लागेको हो ।

केन्द्रीय समिति बैठकका एजेण्डामा सहमति जुटाउन पदाधिकारी बैठक बस्न लागेको हो।

काँग्रेसले केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा र विविध एजेन्डामाथि छलफल हुने जनाइएको छ । स्थानीय निर्वाचनपछि पहिलो पटक काँग्रेस केन्द्रीय समिति बैठक भोलि बस्दै छ ।

 

 

 

प्रतिक्रिया