
बुढीगंगा नगरपालिका : १७११ मतगणना बाँकी, एमालेको अग्रता कायमै
काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिकामा कांग्रेसले एमालेसँगको अग्रता घटाएको छ। पछिल्लो विवरणअनुसार ७,४१७ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँले ३,८८१ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका कांग्रेसका रंगबहादुर खातीले ३,१०१ मत ल्याएका छन्। उनीहरूबीच ७८० मतको फरक छ।
उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३,७५३ ल्याएकी छन्। कांग्रेसकी रिता शाहले ३,१५३ मत ल्याएकी छन्। एमालेकी खड्का ६०० मतले अगाडि छन्।गत बिहीबार भएको मतदानमा बुढीगंगामा ९,१२८ मत खसेको थियो। अब १,७११ मत गन्न बाँकी छ।



कागजपत्र |
