गठ्ठाघरमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु


भक्तपुर – भक्तपुरको गठ्ठाघरमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

भक्तपुर मध्यपुर थिमी नगरपालिका-३ गठ्ठाघरस्थित ट्राफिक कार्यालय अगाडि दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । मृत्यु हुनेमा रामेछाप घर भई काठमाडौंको जडीबुटीस्थित बर्गर हाउसमा कार्यरत २४ वर्षीया रेजिना तामाङ रहेकी छिन् ।

यस्तै स्कुटी चालक रामेछापको दोरम्बा गाउँपालिका-५ घर भई जडीबुटीमा बस्ने १८ वर्षीय सिद्धार्थ मगर भने घाइते भएका छन् । उनको उपचार भक्तपुर ईन्टरनेशनल अस्पताल कौशलटारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बस चालक काभ्रेपलान्चोक तिमाल गाउँपालिका-५ नारायण स्थान बस्ने ५० वर्षीय पोते तामाङलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया