इन्धन खर्च साढे ३ करोड थप गर्ने प्रस्ताव पास


काठमाडौं – काठमाडौं महानगरपालिकाको नगर कार्यपालिकाले इन्धन खर्च साढे ३ करोड थप गर्ने प्रस्ताव पास गरेको छ ।

आज (मङ्गलवार) बसेको नगर कार्यपालिकाको बजेट थपको प्रस्ताव पास भएको हो । अब यसलाई नगर सभाले अनुमोदन गर्नुपर्नेछ ।

चालु आर्थिक वर्ष २०७८/०७९ मा इन्धनका लागि १० करोड बजेट विनियोजन भएको थियो । तर चैतमै सकिएकाले तीन महिनाका लागि साढे ३ करोड थप्ने प्रस्ताव पेस भएको हो ।

प्रतिक्रिया