करिब साढे ८ करोड बिगो दावी गर्दै हुन्डी कारोबारीविरुद्ध मुद्धा


काठमाडौं – राजस्व अनुसन्धान विभागले हुन्डी कारोबारमा संलग्न एक व्यक्तिविरुद्ध मुद्धा दायर गरेको छ ।

विभागले पर्वतको कुस्मा स्थायी घर भई काठमाडौं महानगरपालिका-२२ सामाखुसी बस्दै आएका गणेश पौडेलविरुद्ध ८ करोड २३ लाख २६ हजार ८ सय ६ रुपैयाँ बिगो माग गर्दै आज (सोमबार) काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार पौडेलले विदेशमा आर्जन गरेको पैसा नेपाल नभित्र्याई दिनुपर्ने मान्छेलाई नेपालबाटै दिएको भन्दै विदेशी विनिमय अपचलनको आरोप लगाइएको छ ।

प्रतिक्रिया