भारतमा बस दुर्घटनामा परी १६ को मृत्यु


भारत – भारतको हिमाञ्चल प्रदेशस्थित कुल्लुमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ।

सोमवार बिहान उक्त बस दुर्घटनामा परेको हो। प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार मृत्यु हुनेमा विद्यालय गइरहेका बालबालिकासमेत रहेका छन्।

उक्त बसमा ४५ जना यात्री सवार रहेको बताइएको छ। बस दुर्घटनाग्रस्त क्षेत्रमा प्रहरीले उद्धार जारी राखेको आजतकले जनाएको छ।

उक्त घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दुःख व्यक्त गरेका छन् । उनले मृतक परिवारलाई प्रति मृतक २ लाख रुपैयाँ दिने र घाइतेलाई ५० हजार रुपैया प्रदान गर्ने घोषणा समेत गरेका छन् ।

 

 

प्रतिक्रिया