ललितपुरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु


ललितपुर – ललितपुरमा भएको सवारी दुर्घटनामा आज एक जनाको मृत्यु भएको छ ।

ललितपुर महानगरपालिका–१५ थसिखेल चोकमा बागमती प्रदेश ०२-०३४ प ०७५८ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक महालक्ष्मी नगरपालिका–१० लामाटार बस्ने ४४ वर्षीय चन्द्रबहादुर स्याङ्तानको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सातदोबाटो गणेशमान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

यता काठमाडौं महानगरपालिका-१० युएनपुल नजिकै सडकमा बागमती प्रदेश०२०२६प ०६२७ नंको मोटरसाइकलको ठक्करबाट पैदलयात्री ललितपुर महानगरपालिका-१० बस्ने ७३ वर्षीय मधुरमान मास्केको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको सिभिल अस्पताल मीनभवनमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै काठमाडौं महानगरपालिका-३ तिलिङगेटारस्थित होण्डाइ कम्पनीको सटरमा सोही कम्पनीमा काम गर्ने नुवाकोट मेघाङ गाउँपालिका-६ घर भएका २४ वर्षीय आशिष तामाङ आज मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया