प्रचण्डलाई घनश्यामको जवाफ : तपाईँको बीउ उम्रिँदैन, नेकपाको हाइब्रिड नै आवश्यक छ


काठमाडौं – नेकपा एमालेका नेता घनश्याम भुसालले एमालेमा माओवादीको बीउ छरेको भन्ने अध्यक्ष प्रचण्डको दाबीप्रति असहमति जनाएका छन् ।

वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले कुनै एउटा धारको बीउ अब नउम्रिने दाबी गरे ।

भुसालले भने, ‘कमरेड प्रचण्डले आज एमालेमा माओवादीको बीउ छरेर आएका छौँ भन्नुभएछ । तर, उहाँले पनि ठिक ढङ्गले बुझ्न सक्नुभएन । अब एमालेको बीउ, माओवादीको बीउ, समाजवादीको बीउ चल्दैन, अब हाइब्रिड बीउ चाहिन्छ । अस्ति हामीले हाइब्रिड बनाएका थियौँ त्यो भनेको नेकपा एउटा हाइब्रिड थियो । हाम्रो वृद्धि पुगेन भकारीमा आगो लगायौँ । फेरि पनि हामी नेकपाको हाइब्रिड बीउ बनाउँछौँ ।’

प्रतिक्रिया