
केपी शर्मा ओली जोकर हुन्ः प्रचण्ड
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रको मुटुमा छुरा प्रहार गरेको बताएका छन्।
बुधबार प्रज्ञा प्रतिष्ठामा काठमाडौं जिल्ला कार्यसमितिले गरेको कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले ओलीले राजनीतिक प्रहसन देखाएको पनि बताए। ‘यो कस्तो प्रहसन हो? १ सय जना बसेर गरेको निर्णय, १२ सय को केन्द्रीय समिति बनाउने प्रहसन होइन?’, उनले भने,‘केपी शर्मा ओलीसँग लाज घिन केही छैन, उनी त निर्धिणिी हुन्। अलि अलि त लाज र घिन पनि हुनुपर्छ।’
पार्टीले घेराबन्दी गरेका कारणले प्रतिनिधि सभा विघटन गरेको ओलीले बताउँदै आएको उल्लेख गरेका उनले चुनौति दिँदै भने,‘कुन कुन काम गर्न दिएन पार्टीले? म चुनौति दिन चहान्छु लु देखाउनुहोस्।’
प्रधानमन्त्री ओली जत्तिको ढाँट कोही नरहेको भन्दै खाली व्यंग्य गरी झुठ बोल्ने गरेका कारण जोकर रहेको बताउँदै प्रचण्डले भने,‘सबै कुरा हो हो जस्तो देखाउने, प्रहसन देखाउने मानिसका कुरा जोकर हो।’
उनले लोकतन्त्रको सामान्य सिद्धान्त बहुमत नै रहेको उल्लेख गरेका प्रचण्डले जोडे,‘आफूसँग बहुमत भएन भने सजिलो गरी राजीनामा दिनुपर्ने होइन, भाँडमा जाओस् देश, भाँडमा जाओस् जनता भन्न मिल्छ?’
उनले अगाडि भने,‘यीनै केपी होइनन्? झलनाथ खनाल प्रधानमन्त्री हुँदा छाड्नुपर्छ भनेर लेखेट्ने? हामीले लखेटेका छौं।’
प्रधानमन्त्री ओलीलाई जी न्युजले लिएको अन्तरवार्ताको सन्दर्भ उल्लेख गर्दै प्रचण्डले भने,‘यो नाटकै हो। अहिले प्रतिनिधि सभा भंग गरेको देख्दा भारतले भनेर हो? यसलाई के भन्नु हुन्छ?’
ओलीमाथि तिखो टिप्पणी गरेका उनले अगाडि जोडे,‘उहाँले प्रधानमन्त्रीको कुर्सी नै भाँच्ने कुरा गर्नुहुन्थ्यो, कुर्सी त अर्को बनाउला भन्ने थियो। तर उहाँले त लोकतान्त्रिक गणतन्त्र, संविधान नै भाँच्नुभयो।’



कागजपत्र |
