कर नीतिले बिराटनगरका उद्योग बन्द हुने अवस्थामा: सांसद पन्त

नेपालको पहिलो उद्योग खण्डहर र मजदूर परे विचल्लीमा


 

काठमाडौं – नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले सरकारको कर नीतिका कारण मुलुककै सबैभन्दा पुरानो औद्योगिक सहर विराटनगरका उद्योगहरु बन्द हुने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस केन्द्रीय सदस्य तथा सांसद पन्तले बिराटनगर औद्योगिक क्षेत्रको साख फिर्ता गर्ने ठुलो चुनौति देखा परेको भन्दै प्रजातान्त्रिक आन्दोलनको जग बसालेको ‘मिल्स एरिया’मा अहिले उद्योग नचलेर खण्डहर बनेको बताएकी हुन् ।

राणा प्रधानमन्त्री जुद्ध शम्शेरको पालामा विक्रम सम्वत १९९० सालमा स्थापना भएको बिराटनगर जुट मिल बन्द हुँदा त्यहाँका मजदुर तथा कामदारको बिचल्ली भएको भन्दै सांसद डा. पन्तले औद्यौगिक करिडोरको रुपमा परिचित बिराटनगरका उद्योगहरु सरकारले ल्याएको पछिल्लो कर नीतिका कारण बन्द हुने अवस्थामा पुगेको बताइन ।

उद्योग बचाउन विषेश योजना संचालनमन लागि आग्रह गर्दै पन्तले कृषि अग्रणी प्रदेश भएर पनि कृषिमा आधारित उद्योग प्रदेश एकमा संचालन नहुँदा प्रदेशको ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दो अवस्थामा पुगेको भन्दै उनलदे युवालाई नव प्रविधिमा अधारित कृषि उद्यममा जोड्नु पर्ने बताइन ।

‘प्रजातान्त्रिक आन्दोलनको शंखघोष गर्ने हड्ताली हाटको संरक्षण नहुँदा हाल सुनसान छ । नयाँ पुस्तालाई बिराटनगरमा भएको पहिलो राजनीतिक आन्दोलनबारे जानकारी दिन हड्ताली हाट खुला संग्रहालयको रुपमा बिकास गरिनु पर्दछ’, सासद पन्तले भनिन् ।’

उनले विश्वलाई चिनाउने सगरमाथा, कंचनजंघा जस्ता हिमशिखर र किराँत धर्मालम्वीहरुको थातथलो एवम् सम्बृद्धि र बिकासका थुप्रै संभावनाहरु बोकेको प्रदेश १ लाई धार्मिक, सांस्कृतिक, पर्यटन, कृषिजन्य वस्तुको उत्पादन र उद्योग व्यापारका क्षेत्रमा विकास गरी आत्मनिर्भर हुने अर्थ व्यवस्था बनाउन खाँचो रहेको औंल्याइन् ।

बिराटनगरको विकासको लागि बिराटनगर विमान स्थलको स्तरोन्नतिका लागि काम थाल्न, टर्मिनल भवनको निर्माणको प्रक्रिया तुरुन्त सुरु गर्न, रोक्का भएको जग्गाको मुआब्जा तत्काल दिन उनले माग गरिन् ।

उनले बिराटनगरलाई बाढी र ढुवानको समस्याबाट दिर्घकालीन रुपमा बचाउन सिंघिया, केसलिया तटबन्धन र ग्रीनवेल्टको कामलाई अघि बढाउन, खुल्ला सिमानाका कारण चेलिबेटी बेचविखन, लागुऔषध दुव्र्यसन बढ्दो अवस्थालाई न्युनिकरणको लागि सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद डा. पन्तले पौराणिककालको बिराट राजाको दरवार पुरातात्विक उत्खनन्बाट प्रमाणीत भईसकेकोले यसको भग्नावषेशको संरक्षण र संवद्धन गरी पर्यटकिय स्थलको रुपमा बिकास गर्न पुर्वाञ्चल विश्वविद्यालयमा एमविविएसको पढाईलाई संचालन गर्न सरकारसँग माग गरिन् ।

प्रतिक्रिया