नेप्सेको पहिरो कायमै, ३७ अंकले नेप्से घट्दा परिसूचक १९३४ मा झर्यो


काठमाडौं – नेप्से परिसूचकमा पहिरो जाने क्रम आज पनि रोकिएन । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) ३७.२७ अंकले घट्दै परिसूचक १९३४.११ बिन्दुमा पुगेर रोकिएको हो।

कारोबार भएकामध्ये १७९ कम्पनीको सेयर मूल्यमा गिरावट आए पनि आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। नेप्सेमा सूचीकृत भएपछि आँधीखोलाको सेयर मूल्यमा लगातार सर्किट लाग्दै आइतबार प्रतिकित्ता मूल्य ६५६.३० पुगेको छ। आज आँधीखोलाको सेयर ६० रुपैयाँले बढेको छ।

आइतबार रिभर फल्स पावर लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लाग्यो । आज बलेफी हाइड्रोपावर, मितेरी विकास बैंक, माउन्टेन हाइड्रो नेपाल, हिमाल दोलखा हाइड्रोपारलगायत कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको छ।

आज २२३ कम्पनीको ३६ लाख ६६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १३ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबार नेपाल टेलिकम कारोबारको हिसाबले पहिलो नम्बरमा रह्यो। आज टेलिकमको १० करोड २९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सबैभन्दा धेरै कित्ता सेयर चाहिँ एनसीसी बैंकको खरिदबिक्री भयो।

प्रतिक्रिया