विशिष्ट चलचित्रकर्मीलाई विमानस्थलको भीआईपी कक्षमा प्रवेश दिइने


काठमाडाैँ- नेपाल सरकारले लाईचलचित्रकर्मी विमानस्थलको भीआईपी कक्षमा प्रवेश दिइने व्यवस्था मिलाउने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेख्दै विशिष्ठ परिचय प्राप्त गरेका चलचित्रकर्मीलाई सोही पत्रअनुसार भीआइपी कक्ष प्रवेशको व्यवस्था मिलाउन आग्रह गरेको थियाे।

२०७७ साल चैत १ गते चलचित्र विकास बोर्डले नेपाल सरकारलाई पत्र लेखेर विशिष्ट परिचय पत्र प्राप्त चलचित्रकर्मीलाई विमानस्थलमा उक्त​ सुविधा प्रदान गरिदिन मन्त्रालयलाई पत्राचार गरेको थियाे।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सो अनुरोधलाई यसै साता कार्यान्वयन गर्दै गृह मन्त्रालयलाई जानकारी गराएको हो।

बोर्डले अहिलेसम्म ४४ जना चलचित्रकर्मीलाई​ विशिष्टको परिचय पत्र बाँडेको छ। थप ६० जना चलचित्रकर्मीलाई उक्त परिचय पत्र बाँड्ने तयारीमा रहेको बोर्डको यसरी परिचयपत्र बाँड्नुको कुनै अर्थ नदेखिएको भन्दै आलोचना भएको थियो।

विमानस्थलमा सरकारबाट पाउने अन्य सुविधासहित भीआईपी कक्ष प्रयोग गर्न पाउनुपर्ने चलचित्रकर्मीको माग रहेको थियो। सरकारको यस निर्णयले उनीहरु उत्साहित भएका छन्।

 

प्रतिक्रिया