उपसभामुख पद खारेजी गर्न काँग्रेस सांसदको माग


काठमाडौं – सत्तारुढ नेपाली काँग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग राखेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उपसभामुख पद आवश्यक नभए खारेज गर्नु उपयुक्त हुने बताएका हुन् । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नु,’ सांसद सिंहको प्रश्न छ ।

१२ माघ २०७६ देखि उपसभामुख पद खाली छ । लामो समयदेखि पद रिक्त हुँदा समेत राजनीतिक दलहरू उपसभामुख चयनका विषयमा मौन छन् ।

सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९१ को उपधारा ९२० १ बमोजिम सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको हुनुपर्छ ।

 

प्रतिक्रिया