सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो


काठमाडौं – सुनको मूल्य आज नेपाली बजारमा प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ पुगेको छ । सोमबार प्रतितोला ९८ हजार एक सय रुपैयाँ रहेको सुन मंगलबार ६ सय रुपैयाँले घटेको हो ।

तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला एक हजार एक सय ६ रहेको चाँदीको मूल्य आज बढेर १ हजार दुई सय ७५ रुपैया पुगेको छ ।

प्रतिक्रिया