

११ बुँदे माग राख्दै लोसपाद्वारा प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले ११ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको छ ।
लोसपा अध्यक्ष महन्थ ठाकुर सहितको टोलीले आज (मंगलबार) प्रधानमन्त्री शेरबहादुर देउवालाई बिभिन्न माग सहितको ज्ञापनपत्र बुझाएका हुन् ।
आज मंगलबार लोसपाका अध्यक्ष ठाकुरसहित शीर्ष नेताहरुलेले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नागरिकता समस्याको समाधान, बन्दी रिहाई, संविधान संशोधनलगायत माग सहितको ज्ञापनपत्र बुझाएका हुन् ।
यसअघि शनिबार प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको थियो। त्यो दिन दुई नेताबीच नागरिकता विधेयक, लोसपाको माग, संघ र प्रदेशको आगामी निर्वाचनमा सहकार्यको सम्भावना लगायतका विषयमा छलफल भएको थियो।

