

रुसी हमला १००औँ दिनमा प्रवेशः २० प्रतिशत युक्रेनी भूमि मस्कोको कब्जामा

रुसले राजधानी किभलगायतका महत्वपूर्ण क्षेत्रमा हमला गरे पनि युक्रेनी सेनाको सशक्त प्रतिकारका कारण पछि हटेको बताइएको छ । रुसी हमलाको प्रतिकार गर्न युक्रेनलाई अमेरिकालगायतका पश्चिमा देशहरुले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् । अमेरिकाले युक्रेनलाई हालसालै मात्र अत्याधुनिक क्षेप्यास्त्र दिने घोषणा गरेको छ
पूर्वी दोनबास क्षेत्रमा रुसी सेनाले रणनीतिक सफलता प्राप्त गरेको भए पनि उसले ठूलो मूल्य चुकाएको बेलायती सेनाको गुप्तचर निकायले जनाएको छ ।
युद्धमा हालसम्म २० प्रतिशत युक्रेनी भूमिमा रुसी सेनाले नियन्त्रणमा लिएको युक्रेनी राष्ट्रपति भोलोदिर जेलेन्स्कीले बताएका छन् ।

