

संघ, प्रदेश र स्थानीय तहबीच अन्तर कर्मचारी प्रथम फुटसल टुर्नामेन्ट हुने

यही २१ जेठमा बेसीशहरस्थित फुटसलमा कार्यक्रमको आयोजना गरी तीनै तहका कर्मचारीहरुप्रति मैत्रिपूर्ण भावनाको विकास गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल –सिडेनका कार्यक्रम संयोजक अच्यूत न्यौपानेले बताए ।
प्रतियोगिताको विजेताले खसी मेडल, कप र प्रमाणपत्र पाउनेछ भने दोश्रो हुनेले बोका मेडल र प्रमाण पत्र हात पार्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद एक हजारको साथमा प्रमाणपत्र र सर्वाधिक गोलकर्तालाई नगद एक हजारका साथ प्रमाणपत्र प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको अनुशासित टिमलाई नगद ३ हजारका साथमा सम्मानपत्र दिइने आयोजकले जनाएको छ ।

