
उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिलाई अबको चुनावमा प्रमुखको तयारी गर्न निर्देशन
काठमाडौं – नेकपा (माओवादी केन्द्र)की नेतृ पूर्णकुमारी सुवेदीले पार्टीबाट उपप्रमुखमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई आगामी निर्वाचनका लागि प्रमुखमा तयारी गर्न निर्देशन दिएकी छन्।
शुक्रबार अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले आयोजना गरेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित महिला जनप्रतिनिधिहरुलाई बधाई तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले उपप्रमुखमा निर्वाचित महिलाहरुले आगामी निर्वाचनमा प्रमुखका लागि तयारी गर्नुपर्ने बताएकी हुन्।
त्यसको निम्ति आउने बाधा, अड्चनमा आफूहरूले साथ दिने उनले बताइन्। उनले महिला जनप्रतिनिधिहरुले महिलाहरुको क्षमता विकास गराउँदै आफू सँगसँगै अगाडि ल्याउनुपर्ने पनि बताइन्।
अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले शुक्रबार पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिहरुलाई पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बिच बधाई तथा अभिनन्दन गरेको छ।



कागजपत्र |
