टर्कीको नाम परिवर्तन, राष्ट्रसंघले समेत स्वीकार्‍यो नयाँ नाम


काठमाडौं- टर्कीले आफ्नो नाम परिवर्तन गरेर ‘टर्किये’ बनाएको छ। संयुक्त राष्ट्र संघले नाम परिवर्तन गर्ने टर्कीको आग्रहलाई स्वीकारसमेत गरिसकेको छ।

राष्ट्रपति रेसेप तायिप इर्दोगानले गत डिसेम्बरमा टर्किये मानिसको संस्कृति, सभ्यता र मूल्यलाई सबैभन्दा उत्कृष्ट तरिकाले प्रतिनिधित्व र अभिव्यक्त गर्ने बताएका थिए।

उनले गत वर्ष रिब्राण्डिङ अभियानअनुसार कैयौं अन्तर्राष्ट्रिय संस्थाको नाम परिवर्तन गर्न आग्रह गरेका थिए।
टर्कीमा कैयौं मानिसहरु आफ्नो मुलुकलाई टर्किये भन्थे। तर टर्की बढी प्रचलित नाम थियो। अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रसंघमा पनि टर्की नाम नै आधिकारिक थियो।

प्रतिक्रिया