नेप्लिज तेक्वान्दो एकेडेमी भर्चुअल तेक्वान्दो च्याम्पियन


काठमाडौ–नेप्लिज तेक्वान्दो एकेडेमी प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिताको च्याम्पियन बनेको छ । प्रतियोगितामा ६ स्वर्ण, दुई रजत र चार कास्य पदक प्राप्त गर्दै एकेडेमी टिम च्याम्पियन बनेको हो ।

सैलुङ तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा समान तीन स्वर्ण, तीन रजत र तीन कास्य पदक प्राप्त गर्दै नेपाल प्रहरी दोस्रो तथा एक स्वर्ण, दुई रजत र चार कास्य पदक प्राप्त गर्दै आयोजक सैलुङ तृतीय भयो । पुरुषतर्फ १८ देखि ३० वर्ष उमेरमा जीतबहादुर बोट ७ दशमलव १३ अङ्क प्राप्त गर्दै पहिलो भए । यस्तै ३१ देखि ४० वर्ष उमेरतर्फ कमल श्रेष्ठ ७ दशमलव १६ अङ्क साथ पहिलो भए । पुरुषतर्फ ४१ वर्षमाथिको उमेरमा एकेडेमीका मधुसुधन सापकोटा ५ दशमलव ८६ अङ्क प्राप्त गर्दै पहिलो भए ।

महिलातर्फ १० वर्ष उमेरमा ५ दशमलव ७३ अङ्क प्राप्त गर्दै सैलुङकी रेणुका तामाङ पहिलो भइन् । महिलातर्फकै १२ वर्ष उमेरमा गोदावरी फिट्नेसकी सर्गम थापा ६ दशमलव २३ अङ्कका साथ प्रथम भइन् । यस्तै महिलातर्फ १७ वर्ष उमेरमा कपन तेक्वान्दो डोजाङकी सरिश्मा मगर ५ दशमलव ८३ अङ्कसहित पहिलो भइन् । पुरुषतर्फ १७ वर्ष उमेरमा ५ दशमलव ५५ अङ्क प्राप्त गर्दै एकेडेमीका विवेक श्रेष्ठ पहिलो भए ।

प्रतियोगितामा अशोक खड्का, नोर्बु लामा, मीन न्यौपाने, हीराबहादुर थापा र विक्रम खड्गीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । उनीहरुलाई सैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलाल, आयोजक डोजाङका अध्यक्ष वुद्धवीर घिसिङ, सैलुङ गाउँपालिका–३ का अध्यक्ष ध्रुवकुमार श्रेष्ठलगायतले प्रशंसा पत्र तथा पुरस्कार प्रदान गरे । सैलुङ गाउँपालिकाको मुख्य प्रायोजनमा भएको दुई दिने प्रतियोगितामा २०० भन्दा बढी खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

(रासस)

प्रतिक्रिया