करिम बेन्जेमा बने च्याम्पियन्स लिगको ‘प्लेयर अफ द सिजन’


काठमाडाैँ- रियल मड्रिडका करिम बेन्जेमा च्याम्पियन्स लिगको ‘प्लेयर अफ द सिजन’ बनेका छन्। च्याम्पियन्स लिगको विजेता टोली रियलका फरवार्ड बेन्जेमाले यो सिजनमा १२ च्याम्पियन्स लिगको खेलबाट १५ गोल गरेका थिए।

उनी यस वर्षको बालेन डे’ओर उपाधिका पनि प्रमुख दाबेदार हुन्। बेन्जेमाकै टोलीका भिनिसस जुनियर सिजनको उत्कृष्ट युवा खेलाडी घोषित भए। २१ वर्षीय उनले यो सिजनमा ४ गोल गरेका थिए भने ६ गोलको लागि मौका सिर्जना गरेका थिए।

त्यस्तै टिम अफ द सिजनमा बेन्जेमा र भिनिसससहित रियलका लुका मोड्रिच र गोलकिपर थिबाउट कोर्टोइस पनि अटाएका छन्। त्यस्तै लिभरपुलका चार खेलाडी उक्त टोलीमा अटाएका छन्। पीएसजीका कायलिन एमबाप्पे, म्यानचेस्टर सिटीका केभिन डि ब्रुयन र चेल्सीका एन्टोनियो रुडिगर पनि सो टिममा समावेश छन्।

 

प्रतिक्रिया