

ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं- कपिलवस्तुमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका ७ जौबारीमा हिजो बेलुका ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय महोमद हनिक रहेका प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा बहादुरगञ्जस्थित शिबराज अस्पतालमा मृत्यु भएको हो ।
पैदल हिडिरहेका उनलाई हिजो बेलुकी ७ बजे ना २ क ८१८ नम्बरको पानी ट्याङकरले ठक्कर दिएको थियो।

