यसरी गरिँदैछ दुर्घटनामा ज्यान गुमाएका मृतकको शव संकलन (फोटोफिचर)


पोखरा – आइतबार बिहान जोमसोम जाँदै गरेको तारा एयरको दुर्घटनाग्रस्त जहाजमा यात्रारतहरुको शव संकलन गरिँदैछ । घटनास्थलबाट मृतकहरुको शवलाई एकैठाउँ भेला गरेर काठमाडौं ल्याउने तयारी गरिएको छ ।

नेपाली सेना र नेपाल प्रहरीको टोली  तारा एयरको विमान दुर्घटनास्थल पुगेर उद्धार गरिरहेको छ ।

दुर्घटनामा जहाज पुरै टुक्राटुक्रा अवस्थामा थियो भने जहाजमा रहेका ३ चालकदल सदस्य र १९ यात्रु सबैको मृत्यु भएको जनाइएको छ । घटनामा मृत्युभएका १४ जनाको शव भेटिइसकेको जनाइएको छ भने अन्यको खोजी जारी रहेको छ ।

प्रतिक्रिया