पेट्रोलियम मूल्यवृद्धिविरुद्ध युवासंघको आन्दोलन : आज देशभर सरकारी गाडी नियन्त्रण लिने


काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनरत नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज सरकारी सवारी साधन नियन्त्रणमा लिने भएको छ।

मूल्यवृद्धि फिर्ताका लागि दबाब दिन सरकारी सवारी साधनको आवागमनमा अवरोध गरिने अध्यक्ष किरण पौडेलले जानकारी दिए। उनकाअनुसार उपत्यकासहित ७७ जिल्ला सदरमुकाममा सरकारी सवारी नियन्त्रणमा लिएर नजिकैको प्रशासनमा बुझाइनेछ।

उपत्यकाभित्र काठमाडौंमा अमित लामा र आरसी लामिछाने, लालितपुरमा क्षितिज थेबे र कल्पना वाइबा तथा भक्तपुरमा रमेश आचार्य र समिक बडाललाई समन्वयका तोकिएको छ।

सरकारी सवारी साधन नियन्त्रणमा लियर नजिकैको प्रहरी प्रशासनमा चाबी हस्तान्तरण गर्ने गरी कार्यक्रमको स्वरुप तय गरिएको छ।

अध्यक्ष पौडेलले कुनै किसिमको तोडफोड र आगजनी नहुने स्पष्ट पारेका छन्।

उनकाअनुसार उपत्यका बाहिर हरेक जिल्लामा उपयुक्त स्थानमा आन्दोलन अघि बढ्नेछ।

प्रतिक्रिया