आफ्नै आमाको हत्या गरेको अभियोगमा २५ बर्षीय छोरा पक्राउ


सुनसरी  – आफ्नै आमाको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका-१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदीलाई प्रहरीले पक्राउ गरेको छ । सौगातले आफ्नै ४२ बर्षीया आमा शान्त सुवेदीको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मंगलबार दिउँसो पक्राउ गरेको हो ।

हात्तीसार कलेज धरानको क्वार्टरमा बस्ने झापा चन्द्रगढी घर भएकी शान्तलाई शनिबार दिउँसो उनकै छोरा सौगातले धारिलो हतियार बाम्फोकले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको बिराटनगरको न्युरो अस्पतालमा उपचार हुन नसकी घर लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ्

सौगातलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

प्रतिक्रिया