आईपीएल : राजस्थानलाई हराउँदै गुजरात फाइनलमा


काठमाडौँ- इन्डियन प्रिमियर लिगअन्तर्गत सोमबार भएको प्लेअफमा राजस्थान रोयल्सलाई हराउँदै गुजरात टाइटन्स फाइनलमा पुगेको छ।

सोमबारको खेलमा गुजरातले राजस्थानले ७ विकेटले पराजित गरेको हो। पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८८ रन बनाएको थियो।

राजस्थानका लागि जोस बटलरले ८९ रनको पाली खेलेका थिए भने सन्जु सामसनले ४७ रन बनाए। जवाफी ब्याटिङमा उत्रिएको गुजरातले ३ बल बाँकी छँदै ३ विकेटको क्षतिमा १९१ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो।

गुजरातका लागि डेभिड मिलरले अविजित ६८ रनको पाली खेले। हार्दिक पाण्डेले अविजित ४० रन बनाए। दास्रो प्ले अफमा आज लखनउ सुपर जायन्टस र रोयल च्यालेन्जर्स बेंग्लोरबीच प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया