गाँजा वैधानिक बनाउन माग राख्दै प्रदर्शन प्रधानमन्त्रीलाई ब्यानर प्रदर्शन


काठमाडाैं – नेपालमा गाँजालाई वैधानिक बनाउनुपर्ने माग राखेर दुई युवकले प्रधानमन्त्री शेरबहादुर देउवाकाे बाटाे छेकेका छन् ।

प्रतिनिधिसभा बैठकमा सहभागी हुन जाँदै गरेका प्रधानमन्त्री देउवालाई उनीहरूले मंगलबार दिउँसाे बानेश्वरस्थति संसद भवन अगाडि नाराबाजी गर्दै राेकेका हुन्।

राष्ट्रपतिबाट आज भएकाे नीति तथा कार्यक्रम वाचनको कार्यक्रममा प्रधानमन्त्री देउवा पौने ४ बजेतिर बीआईसीसी आइपुगेका थिए। त्यहीबेला दुई व्यक्तिले ‘म एड्स रोगी हो, मैले गाँजा खानुपर्छ’ भन्दै ब्यानर प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया