बालेन ४८ हजार ५५२ मतसहित अगाडि


काठमाडौं- महानगरपालिकाको १ लाख ४७ हजार ३९४ मत गन्दा मेयरमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह(बालेन) ४८ हजार  ५५२ मत प्राप्त गरी  अग्र स्थानमा छन्।

नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले २९ हजार ७८५ मत प्राप्त गरी दोस्रो स्थानमा छन्। नेकपा एमालेका उमेदवार केशव स्थापित २९ हजार १८ मतका साथ तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया