भरतपुर महानगरपालिका : रेणु दाहालको अग्रता फराकिलो हुँदै


चितवन- भरपुर महानगरपालिकाको मतगणना जारी छ। यहाँ अहिलेसम्म८८,२८४ गणना हुँदा मेयरकी उम्मेदवार रेणु दाहालले मतान्तर ७,३१४ पुर्याएकी छन्। उनले अहिलेसम्म ३४,६८४ मत ल्याउँदा एमालेका विजय सुवेदीले २७,३७० मत ल्याएका छन्। उता बागी उम्मेदवार जगन्नाथ पाैडेलले ११,७२० मत ल्याएका छन्।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३६,८९३ मत ल्याउँदा राप्रपाकी हिमला गुरूङले २१,६२१ मत ल्याएकी छन्।

यहाँ वडा नम्बर १९ मा ११०२ मतगणना हुँदा कांग्रेसका उम्मेदवारले ३८७ मत ल्याउँदा एमालेका उम्मेदवारले ६५४ मत ल्याएर अग्रता बढाइरहेका छन्। वडा १८ मा पनि एमालेकै उम्मेदवार अगाडि छन्। यहाँ ३८१५ मत गणाना हुँदा एमालेकाे १६६७ मत हुँदा कांग्रेसकाे १५०० मत भएको छ।

प्रतिक्रिया