काठमाडौँमा एक लाखभन्दा धेरै मत गणाना : बालेनको अग्रता कायमै, सिंह दोस्रोमा उक्लिइन्


काठमाडौं- काठमाडौं महानगरपालिकामा मेयरमा दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितलाई कांग्रेसकी सिर्जना सिंहले पछि पारेकी छन् । पछिल्लो मतपरिणाम अनुसार स्थापितभन्दा सिंह २०४ मतले अगाडि छिन् ।

नेवार समुदाय बाहुल्य रहेको क्षेत्रको मतगणना हुँदा सिंहले स्थापितलाई पछि पारेकी हुन् ।
सिंहले २० हजार ५२० र स्थापितले २० हजार ३१६ मत पाएकी छन् । अग्रस्थानमा रहेका स्वतन्त्र उमेदवार बालेन शाहले ३७ हजार ६१ मत पाएका छन् ।

प्रतिक्रिया