एआईजी लामालाई दर्ज्यानी चिन्ह


काठमाडौं — प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका बसन्त कुमार लामालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच हालैमात्र एआईजी पदमा पदोन्नति भएका लामालाई आईजीपी सिंहले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।

समारोहमा आईजीपी सिंहले पदोन्नति भएका एआईजी लामालाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया