
बालेनका दाजु* बने छोरीका बाबु !
काठमाडौं — काठमाडौं महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन साहको परिवारलाई सन्तान प्राप्ति भएको छ । बालेनका दाजुभाउजूलाई पुत्रीलाभ भएको हो ।
मेयर उम्मेदवार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला दाजुभाउजूलाई पुत्रीलाभ भएकोमा खुशी व्यक्त गरेका छन् ।
बालेन पछिल्लो अपडेटअनुसार काठमाडौं महानगर प्रमुखमा प्रतिस्पर्धी केशव स्थापित र सिर्जना सिंहभन्दा करीब दोब्बर मतले अगाडि छन् ।
* यसअघिको समाचारमा बालेनका दाजुलाई पुत्रिलाभ भएको हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ । – सम्पादक



कागजपत्र |
